काठमाडौंमा पाकिस्तानी मेला सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

काठमाडौंमा पाकिस्तानी मेला सुरु

काठमाडौं, २८ भदौ । काठमाडौंमा बुधबारबाट ८ औं पाकिस्तानी मेला सुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित ट्रेड सेन्टरमा पाकिस्तानमा निर्मित सामग्रीहरुको मेला सुरु भएको हो । मेलामा पाकिस्तानमा निर्मित छाला, हस्तकला, गरगहनालगायतका सामग्री राखिएका छन ।

एक हप्तासम्म चल्ने मेलामा पाकिस्तानका ५० भन्दा बढि प्रतिष्ठित व्यापारीहरुको स्टल राखिएको छ । मेलाको सुरुवात वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्मा र नेपालका लागि पाकिस्तानका राजदुत मजहर जावेदले संयुक्त रुपमा गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री विश्वकर्माले मेला दुवै मुलुकबीचको जनतासँगको सम्बन्ध विस्तार गर्न उपयोगी हुने विश्वास व्यक्त गरे । उनले आर्थिक गतिविधिलाई बढवा दिएर दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढन पनि यस्ता मेलाहरु फलदायी हुने विचार ब्यक्त गरे ।

मन्त्री विश्वकर्माले पाकिस्तानमा निर्मित छालाका सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीेहरुले पाकिस्तानमा प्रभाव जमाएको सो अवसरमा स्मरण गरे । पाकिस्तानले विगत केही वर्षयता नेपालमा आफ्नो उत्पादनहरुको मेला आयोजना गर्दै आएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);