बाराको शिवशक्ति घिउ उत्पादन र बिक्री–वितरणमा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

२८ भदौ, बारा । आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले बाराको शिवशक्ति घिउ उद्योगमा छापा मारी तेल उत्पादन तथा बिक्री–वितरणमा रोक लगाएको छ ।

अखाद्य तेल उत्पादन तथा बिक्री गरेको भन्दै काठमाडौंबाट आएको विभागको टोलीले मंगलबार राति उद्योगमा छापा पारी अर्को निर्देशन नआएसम्म तेल उत्पादन नगर्न र बजार नपठाउन निर्देशन दिएको हो । चैतमा उत्पादन भएको फेमिली तोरीको तेल ६ महिनासम्म खान उपयुक्त हुने भए पनि चौथो महिनामा परीक्षण गर्दा गुणस्तरहीन पाइएकाले उत्पादन बन्द गरिएको अधिकृत मोहनकुमार पुडासैनीले बताउनुभयो ।

उद्योगले फेमिली र साजन तोरीको तेल उत्पादन गर्दै आएको छ । साउनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फेमिली तोरीको तेलको स्याम्पल लिएर परीक्षण गर्दा तेलको प्यारेक्साइट भ्याल्यु मापदण्डभन्दा बढी फेला परेको थियो । नियमअनुसार प्यारेक्साइट भ्याल्यु १० हुनुपर्नेमा ११ दशमलव ५ रहेको पाइएपछि विभागले उद्योग बन्द गराएको हो । अनुगमन टोलीले शिवशक्ति घिउमा पनि मिसावट भएको जानकारी पाए पनि उद्योगीहरुले अवरोध गरेपछि घिउको प्लान्टमा भने अनुगमन गर्न नसकेको जनाएको छ ।

 

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);