३१ लाख ८१ हजार नगदसहित हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ   | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

३१ लाख ८१ हजार नगदसहित हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ  

arrested

काठमाडौं। काठमाडौं बिशालबाजारस्थित अनुज सेन्टर र न्युरोड खिचापोखरीस्थित जय दुर्गा ट्रेड ईन्टरनेशनलबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत नयाँदिल्ली ठेगाना भई काठमाडौं ठमेल बस्ने ५० वर्षीय कमल कान्त कुल्थिया, सप्तरी राजविराज ठेगाना भई काठमाडौं नक्साल बस्ने ६७ वर्षीय निर्मल कुमार अग्रवाल र भारत राजस्थान ठेगाना भई काठमाडौं ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल रहेका छन् । उनीहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश र निर्देशन विपरीत वित्तिय कारोवार ‘हुण्डी गर्दै आएका छन् भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नगद ३१ लाख ८१ हजार ३ सय ८५ रूपैयाँ र व्यक्ति तथा संस्थाको नाममा काटिएको बैंक चेक सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कानुनी कारवाहीको जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);