रुपन्देहीमा प्रेमीकाको हत्या प्रेमीबाटै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रुपन्देहीमा प्रेमीकाको हत्या प्रेमीबाटै

rupandehi hatya

रुपन्देही, ६ बैशाख । रुपन्देहीको ओमसतिया गाउँपालिका ६ की एक किशोरीको प्रेमीले नै हत्या गरेको खुलासा भएको छ । यहि बैशाख ३ गते घरबाट बेपत्ता भएकी सरस्वती हरिजन ४ गते मृत फेला परेकी थिइन् । उनको हत्या ओमसतिया गाउपालिका ६ का प्रेमसागर केवटले गरेको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार दुवै जनामा प्रेम सम्बन्ध रहेको र कुरा नमिल्दा किशोरीको हत्या गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);