कञ्चनपुरको चुरे क्षेत्रमा मापदण्ड विपरितका क्रसर उद्योग संचालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कञ्चनपुरको चुरे क्षेत्रमा मापदण्ड विपरितका क्रसर उद्योग संचालन

krasar

पुष्कर भट्ट
कञ्चनपुर, ६ बैशाख
। मापदण्ड विपरित कञ्चनपुरको चुरे क्षेत्रमा क्रसर उद्योग खुल्न थालेका छन् । उद्योग संचालनको लागि वन कार्यालयको सहमति लिनुपर्ने हुन्छ । तर उद्योगीले नियमको धज्जी उडाउदै उद्योग संचालन गरेका हुन् । चुरे क्षेत्र र मानव बस्ती नै जोखिममा पर्ने गरि उद्योग खोलिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका अन्तर्गतका चुरे क्षेत्रमा क्रसर उद्योग खोलिएको हो । निर्माण व्यवसायीले सडक कालोपत्रे गर्नका लागि भन्दै मापदण्ड विपरित क्रसर उद्योग संचालन गरेहका हुन् । मपदण्ड विपरित उद्योग संचालन गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । जभाभावि क्रसर चलाउँदा मानवबस्ती नै जोखिममा परेको छ ।

जिल्ला वन कार्यालय र कृष्णपुर नगरपालिकाले क्रसर उद्योग खोल्नका लागि अनुमति नदिएको स्पष्ट पारेको छ । सरकारी निकायको सहमति बिन नै व्यवसायीले बलपूर्वक उद्योग संचालन गरेका हुन् ।

उता व्यवसायीले भने अनुमति लिएर नै क्रसर उद्योग खोलिएको प्रतिक्रिया दिएका छन् । चुरे क्षेत्र र मानव बस्ती नै जोखिममा पर्ने गरि खोलिएको क्रसर उद्योगलाई नियमन गर्न स्थानीयले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);