जेसीभी र स्काभेटर प्रयोग गरी नदी दोहन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

जेसीभी र स्काभेटर प्रयोग गरी नदी दोहन

खगेन्द्र घिमिरे

झापा, २० फागुन । झापा र इलामको सीमासंग जोडिएको चुरे निषेधित तथा नदी आसपासका क्षेत्रमा कानुन विपरीत क्रसर उद्योग सञ्चालन भईरहेको पाइएको छ । जिल्ला अनुगमन तथा समन्वय समिति झापाको टोलीले चुरे निषेधित क्षेत्रमै क्रसर उद्योग सञ्चालन गर्नुका साथै जेसीभी र स्काभेटर प्रयोग गरी नदी दोहन गरिरहेको फेला पारेको हो ।

सरकारले चुरे अन्तर्गतको भु–भागलाई वातावरण संरक्षण क्षेत्र घोषणा गरी राष्ट्रपति चुरे–तराई मधेश संरक्षण तथा व्यवस्थापन गर्न २० वर्षीय गुरूयोजना तयार पारेको छ ।

तर संरक्षणको कार्यमा अघि बढिरहेको अवस्थामा इलामसंग जोडिएको झापाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका अन्तर्गतको चुरे क्षेत्रमा विकास निर्माणको नाममा खुलेआम विरीङ्ग नदीको दोहन भइरहेको पाइएको छ ।

सरकारले विरीङ नदी बग्ने पश्चिमतर्फ अर्जुनधारा १ र पूर्वतर्फ बुद्धशान्ति गाउँपालिका १ को करिब डेढ किलोमिटर क्षेत्रभित्र नदीजन्य सामग्री उत्खनन्मा प्रतिबन्ध लगाइएको छ । चुरे निषेधित क्षेत्रमै क्रसर उद्योग स्थापना गर्नुका साथै जेसीभी र स्काभेटर प्रयोग गरी खुलेआम विरीङ नदी दोहन गरिरहेको जिल्ला अनुगमन तथा समन्वय समिति झापाको टोलीले फेला पारेको छ ।

बुद्धशान्ति १ स्थित कुमार आषिश जेभीले सोही गाउँपालिकाको वडा १ र २ मा पर्ने गिदे, विर्ता मुल पैनी निर्माण कार्यको ठेक्का लिएको छ । सिंचाई विकास डिभिजन कार्यालय झापाबाट ठेक्का स्वीकृत गरेका कुमार आषिश जेभीले चुरे क्षेत्रभित्रै स्थानीय निर्मलकुमार चाँपागाईको जमिनमा क्रसर उद्योग स्थापना गर्दै आइरहेका थिए ।

८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको सो क्रसर उद्योगलाई जिल्ला अनुगमन तथा समन्वय समितिले तत्काल उद्योग बन्द गराउन लगाएको छ । बुद्धशान्ति गाउँपालिका १ कोे सिफारिस पत्रको आधारमा क्रसर उद्योग सञ्चालन भईरहेको पाईएको छ ।

निर्माण कम्पनीले सिफारिसकै आधारमा क्रसर उद्योग निषेधित क्षेत्रमा खोल्न लागेपछि बन्द गराएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।

चुरे निषेधित क्षेत्रमा गिट्टी, बालुवा, ढुँगा उत्खन्नका लागि प्रयोग गर्न राखिएको स्काभेटर बाँस झारीमा लुकाइएको अनुगमन टोलीले फेला पारेको छ । स्काभेटर लुकाएर राखेको ठाउँ नजिकै एउटा जेसीभी मेसिन पनि भेटिएको छ ।

अनुगमन टोली आउने खबर पाएलगतै स्काभेटर र जेसीभी चालक वेपत्ता भएका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीले ती सवारीसाधन नियन्त्रणमा लिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताए ।

वडा कार्यालयको अनुमतिमा ग्राभेल सडक बनाउन जेसीभी मेशिन खोलामा प्रयोग गरिएको उपभोक्ता समितिमा आवद्ध केही व्यक्तिले खोलामै अनुगमन टोलीमाथि नै जाइ लागेका थिए । स्थानीयहरुले केही जनप्रतिनिधिको आरक्षणमा क्रसर सञ्चालन भइरहेको आरोप लगाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);