अन्धविश्वासको पाशविक रूपः यौनशक्ति बढाउन अढाइ बर्षीय बालकको बली | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अन्धविश्वासको पाशविक रूपः यौनशक्ति बढाउन अढाइ बर्षीय बालकको बली

narbali

धनुषा, १७ जेठ । आफुमा भएको दैवी शक्ति बढाउने नाममा नरबली दिने धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

यौनशक्ति कम हुदै गएपछि महतोले दैबी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाइ बर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा भएको छ ।

गत बैशाख २४ गते महतोले आर्यनको हसियाले रेटेर बली दिएको २ नम्वर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । बैशाख २३ गते दिउसो एकाएक समिरकुमार हराएपछि घरपरिवारले खोजी गरेपनि उनी फेला परेका थिएनन ।

बालक हराएको सुचना पाएको प्रहरीले बैशाख २४ गते उनको शव घर नजिकै फेला पारेको थियो । घटनाको अनुसन्धान गर्दै जादा छिमेकी महतोले समिरकुमारको हत्या गरेको पाइयो २ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी हरि पालले जानकारी दिनुभयो ।

प्रहरीले महतोको साथबाट बालक आर्यनको हत्या गर्दा प्रयोग गरेको हतियार समेत बरामद गरेको छ । बालक हत्याको अनुसन्धानमा जुटेको प्रहरीले महतोको हर्कत शंकास्पद देखिएको र बालकको हत्या घाटी पछाडिबाट काटिएको फेला पारेपछि महतोलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको डिआईजी पालले जानकारी दिनुभयो ।

बालकको हत्या रकम लिने उदेश्य नभई अन्य कारण हुन सक्ने बिश्लेषण गरेको प्रहरीले घटनास्थल वरपरका धामी झाक्रीको बिवरण संकलन गरी सोधपुछ गर्दा महतोको बयान शंकास्पद देखिएको थियो उहांले भन्नुभयो – २–३ को सोभपुछ पछि महतोले आफैले हत्या गरेको स्वीकार गरे ।

अन्धबिश्वासमा बिश्वास गर्दै आएका महतोले आफूमा अपार दैवीशक्ति पाउन र यौनइच्छालाई दर्बिलो बनाउन बालको बलि चढाएको प्रहरीलाई बताएका थिए ।

उनले प्रहरीलाई दिएको बयानमा २ बर्ष देखि श्रीमतीसंग शारिरिक संभोग नगरेको र नरवली दिएपछि यौन शक्ति तथा दैवी शक्ति बढ्ने सुनेको कारण समिरकुमारको हत्या गरेको स्वीकार गरेका छन ।  यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);