अढाई वर्षिय बालकको बली चढाउने झाँक्री पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अढाई वर्षिय बालकको बली चढाउने झाँक्री पक्राउ

jhakri pakrau

धनुषा, १६ जेठ । धनुषामा अढाई वर्षिय बालकको बली चढाउने झाँक्रीलाई जिल्ला प्रहरी कार्यालय प्रहरीले पक्राउ गरेको छ । अन्धविश्वाको उपज स्वरुप अढाई बर्षका बालकको बली चढाउने धामीलाई जिल्ला प्रहरी कार्यलय धनुषाले बिहीबार पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो ।

प्रहरीले अन्य ६५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान पश्चात धनुषा जिल्लाको मिथिला नगरपालिका–६ का ५५ बर्षीय शत्रुधन महतोलाई पक्राउ गरेको थियो । शत्रुधन महतोले बैशाख २४ गते बिहान आफ्नै आँगनमा बालकको घाँटी रेटेर हत्या गरी झाडीमा शव फालेका थिए ।

jhakri pakrau1

बैशाख २३ गते करिब ५ बजेको समयमा धनुषाको मिथिला नगरपालिका वडा नं. ६ बस्ने शम्भु कुमारको छोरा साढे दुई वर्षको आर्यन भन्ने समिर कुमार साह हराएका थिए । प्रहरीले शत्रुधन महतोलाई जेष्ठ १५ गते पक्राउ गरेपछि मृतकको हजुरबुबाा पिताम्वर साह हलुवाईले निज शत्रुधन महतोको नाममा अपहरण गरी शरीर बन्धक राखी मारेको भन्दै ज्यान सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दरखास्त दिएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);