काठमाडौ परिसरलाई ११ अर्व ५० करोडको जग्गा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौ परिसरलाई ११ अर्व ५० करोडको जग्गा

nepal prahari

काठमाडौं, १७ जेठ । बेवारिसे अवस्थामा रहेको प्रहरी परिसर काठमाडौ र महानगरीय अपराध महाशाखले जग्गा पाएको छ । २०७२ बैशाख १२ गते गएको भूकम्पका हनुमानढोकामा रहेको दुवै प्रहरी कार्यालय भत्किएपछि टेकुस्थित नेशनल ट्रेडिङ लिमिटेडको जग्गामा रहेको भवनमा ती कार्यालय बस्दै आएका थिए ।

भूकम्पपछि देशका बिभिन्न भागमा रहेका प्रहरी कार्यालयको पुनर्निमाण भएपनि काठमाडौ प्रहरी परिसर र अपराध महाशाखा भने अलपत्र अवस्थामा रहेका थिए ।

मन्त्रिपरिषदको हालैको बैठकले नेपाल खाद्य संस्थानको स्वामित्वमा रहेको थापाथलीको ६२ रोपनी जग्गा मध्ये १५ रोपनी जग्गा महानगरीय प्रहरी परिसरलाई दिने निर्णय गरेको छ ।

यस अघि २०७४ भदौ १९ गतेको मन्त्रिपरिषदको निर्णयलाई कार्यान्वयन गरेको छ । सरकारले उक्त जग्गा प्रतिआना ५० लाखका दरले गरिद गर्न १ अर्व ५० करोड रुपिया अर्थ मार्फत गृह मन्त्रालयलाई दिने निर्णय भएको सरकारका प्रवक्ता संचार तथा सुचना प्रबिधि मन्त्री गोकुल बास्कोटले जानकारी दिनुभयो ।

त्यसैगरी सरकारले महानगरीय अपराध महाशाखाकालागि साविकको नेशनल ट्रेडिङ लिमिटेड हाल नेपाल आयल निगमको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिकाको टेकु स्थित ९ रोपनी जग्गा अपराध महाशाखाको नाममा रजिष्ट्रेशन पास गरेर दिने निर्णय गरेको छ ।  यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);