इन्धनको मूल्यवृद्धि फिर्ता नलिए दशैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

इन्धनको मूल्यवृद्धि फिर्ता नलिए दशैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी

vid ticket

काठमाडौं, ३ असोज । यातायात व्यवसायीहरुले सरकारले सोमबार गरेको इन्धनको मूल्यवृद्धि फिर्ता नलिए दशैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी दिएका छन ।

मंगलबार विज्ञप्ति जारी गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए दशैंको अग्रिम टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने बताएको छ । महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यद्वारा जारी विज्ञप्तिमा मूल्यवृद्धिसम्बन्धी निर्णयलाई नेपाल सरकारले ४८ घण्टाभित्र फिर्ता लिई हिन्दूहरुको महान चाडमा आवतजावत गर्ने उपभोक्ता वर्गलाई सहज रुपमा आवतजावत गर्ने वातावरण सिर्जना गर्न माग गरिएको छ ।

नेपाल आयल निगमले असोज २ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटिर २ रुपैयाँ र डिजेल र मट्टतिेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);