वडाध्याक्षले कुटे पानी छोएको निहुँमा एक दलित युवा ! | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

वडाध्याक्षले कुटे पानी छोएको निहुँमा एक दलित युवा !

dalit kutpit

काठमाडौं, ३ असोज । पानी छोएको निहुमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाएको छ ।

सर्लाहीको विष्णु गाउँपालिका २ का वडाध्यक्ष सञ्जय साहमाथि कारवाहीको माग गर्दै मगलबार सघर्ष समितिले प्रजिअ द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । वडाध्यक्ष साहले गएको २७ साउनमा स्थानीय दलित युवा अजय रामलाई दलित भएर पानी छुने भन्दै वडा कार्यालयमै कुटपिट गरेका थिए ।

घटनाको भोलिपल्ट युवाले दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मलगवामा गएर लिखित उजुर गरे । तर, घटना भएको एम महिनासम्म पनि प्रहरीले दोषीमाथि कुनै कारवाही नगरेपछि सघर्ष समितिले घटनाप्रति चासो देखाएको हो ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);