नारायणहिटी संग्राहलयको शुल्क बढाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

नारायणहिटी संग्राहलयको शुल्क बढाउने तयारी

narayanhiti darbar

काठमाडौं, १९ कात्तिक । संग्रहालय स्थापना भएको एक दशक पछि नारायणहिटी संग्रहालयले प्रवेश शुल्क बढाउने तयारी गरेको छ ।
पुरातत्व विभाग मातहतमा रहेको संग्रहालयले शुल्क बढाउने प्रस्ताव संस्कृति पर्यटन तथा मन्त्रालयमा पेश गरेको छ । करिब तीन साता अघि बसेको बैठकले शुल्क बढाउने प्रस्ताव गरेको हो । सो प्रस्ताव पुरातत्व विभाग हुदै संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश भएको छ ।

प्रस्तावित नया शुल्कमा नेपाली विद्यार्थीलाई ४०, सार्क राष्ट्रका पर्यटकका लागि ३ सय, तेस्रो मुलकका पर्यटकका लागि ७ सय ५० र नेपाली पर्यटकका लागि १ सय ५० रुपिया प्रस्ताव गरिएको छ । विभागको मातहतमा गए लगत्तै संग्रहालयले नया शुल्कको प्रस्ताव गरेको हो ।

हाल विद्यार्थीका लागि २०, सार्कका पर्यटकका लागि २ सय ५०, तेस्रो मुलुकका पर्यटकका लागि ५ सय र नेपालीका लागि १ सय रुपिया उठाउदै आएको थियो ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);