आज यमपञ्चकको पहिलो दिन कागको पुजा गरि मनाइदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आज यमपञ्चकको पहिलो दिन कागको पुजा गरि मनाइदै

kaag tihar

काठमाडौं, १९ कात्तिक । आज यमपञ्चकको पहिलो दिन कागको पुजा गरि काग तिहार मनाइदैछ ।

कात्तिक कृष्ण त्रयोदशीका दिन आज यमदूत मानिने कागलाई भोजन गराइ कागप्रति श्रद्धा प्रकट गरिँदै छ । यमराजले यसै दिनदेखि मत्र्यलोकमा पाँचदिनसम्म विचरण गर्न आएका हुन्छन् भन्ने जनविश्वासमा यो पाँचदिनलाई यमपञ्चक भन्ने गरिन्छ । यो दिन कागप्रति श्रद्धा प्रकट गर्दै पूजन गरेमा पितृले सोझै पाउँछन् भनिन्छ ।

अन्य दिन पनि कागलाई भोजन गराउँदा पितृ खुशी हुन्छन् भन्ने मान्यता छ । कागलाई चतुर पन्छीका रुपमा लिइन्छ । फोहर कसिङ्गर र सिनुसमेत खाने भएकाले वातावरण स्वच्छ राख्न कागले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । काठमाडौँको उत्तर पूर्वी क्षेत्र गागलफेदीमा रहेको कागेश्वरी मन्दिर परिसरमा राखिएको अजङ्गको कागको प्रतिमामा स्थानीय युवाले मेला आयोजना गरेका छन् ।

यसैबीच आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती काग तिहारकै दिन मनाइन्छ । यो दिन आरोग्य दिवस पनि परेकाले आयुर्वेद क्षेत्रका सङ्घसंस्था उद्योग पसल लगायतले धन्वन्तरीको पूजा अर्चना गरेर आरोग्य दिवस मनाउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);