नारायणहिटीमा श्रीपेच कस्तो छ कसैलाई थाहा छैन ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नारायणहिटीमा श्रीपेच कस्तो छ कसैलाई थाहा छैन !

काठमाडौँ, ८ कार्तिक । नारायणहिटी संग्रहालयको शैलुन कक्षको बाकसमा राखिएको श्रीपेचको अवस्था कस्तो छ कसैलाई थाहा छैन। पूर्वराजा ज्ञानेन्द्र शाहले २०६५ जेठ २९ गते नारायणहिटी छाडेपछि कडा सुरक्षा घेराभित्र राखिएको श्रीपेच २०७१ चैतमा पछिल्लो पटक हेरिएको थियो।

श्रीपेच कक्षको साँचो नारायणहिटी संग्रहालय विकास समितिको मातहतमा भए पनि श्रीपेच हेर्न छुट्टै समिति भएकाले समस्या आएको छ। संग्रहालय विकास समितिका प्रमुख रोहित ढुंगानाले भने, ‘हामीले श्रीपेचको अवस्थाबारे जानकारी लिन आवश्यक ठानेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएका थियौं, तर अहिलेसम्म उत्तर आएको छैन।’

श्रीपेचको अवस्थाबारे जानकारी लिन श्रीपेच रहेको कोठा कसले खोलेर हेर्ने भन्ने विषय नै अन्यौलमा छ। आजको नेपाल समाचारपत्रमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);