श्रीपेच प्रर्दशनीको मिति सरेको सर्यै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

श्रीपेच प्रर्दशनीको मिति सरेको सर्यै

shreepecha

काठमाडौं, १४ साउन । श्रीपेच प्रदर्शनीमा राख्ने अन्तिम तयारी गरेको नारायणहिटी विकास समितिले इलेक्ट्रोनिक सुरक्षा प्रणाली सुदृढ गरिने प्रकृया थालनी शुरु छ ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा गठित समितिले सुरक्षा प्रणाली मर्मत संहार गर्न टेण्डर आब्हान गरेको छ । २०६९ सालमा करिब १ करोड ५० लाख रुपियामा जडान गरिएको सिसिटिभी लगायतका सुुरक्षा यन्त्रमा खराबी देखिएपछि त्यसलाई मर्मत गर्न टेण्डर आब्हान गरिएको हो ।

समितिले शनिबार २८ लाख ७५ हजार रुपिया बराबरको सुरक्षा प्रणाली मर्मत गर्न टेण्डर आब्हान गरेको हो । सकभर असोज नभए कातिक मसान्तभित्र श्रीपेच लगायतका सामाग्री राख्न मिल्नेगरी सुरक्षा यन्त्रहरु मर्मत गर्न लागिएको हो–समितिका संयोजक दाहालले भन्नुभयो ।
सुरक्षा प्रणाली मजबुत भएपछि श्रीपेच राख्ने प्रकृया अघि बढाइने भएको छ । नेपाली सेनाको कडा सुरक्षाभित्र श्रीपेच सहित राजदण्ड, दुई वटा मेस, ढाल, तरवार, रानीले लगाउने मुकुट(टायरा), एउटा झारी, र दुई वटा चमर राख्न मिल्नेगरी बुलेटप्रुफ सोकेश तयारी भैसकेको छ ।,आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);