हराएको ३० वर्षपछि दाहसंस्कार ! | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

हराएको ३० वर्षपछि दाहसंस्कार !

kriya

काठमाडौं, १४ साउन । सुन्दा अचम्म लाग्ला, हराएको ३० वर्षपछि दाहसंस्कारसँगै काजकिरिया गरियो भन्दा ।

तर सत्य हो ताप्लेजुङको फुङ्लिङ–८ तिनधारेका घिमिरे परिवारले भर्खरैमात्र विधि पु¥याएर पितृ संस्कार गरेका छन् । गत आइतबार १३ दिनको काम सकिएको हो । १ श्रीमती, ४ छोरा र २ छोरीले धान्यप्रसादको मृत्यु संस्कार सकिएको छ ।

‘जसरी अरु संस्कार गरिन्छ त्यस्तै नै भयो, कुशको शव बनाएर खोलामा लग्यौं’, छोरी चण्डिकाले भन्नुभयो– ‘बुबाको सम्झना नै हराइसकेको छ, कस्तो हुनुहुन्थ्यो बिर्सिसक्यौं ।’ चण्डिकाभन्दा सानी १ बहिनी र ३ भाइ छन् । कृषि सामग्री संस्थान ताप्लेजुङमा कार्यरत उहाँ बढुवा भएपछि चाँगे गाउँ विकास समितिमा जागिर खान जानुभएको थियो ।

नयाँ कार्यालयमा केही दिन काम गरेर फर्कने क्रममा उहाँ नाङ्गेमा एकजना प्याकुरेल थरका आफन्तकोमा १ रात बस्नुभएको थियो । पुरानो कार्यालयको काम बाँकी छ भन्दै तमोर पारि जाने भन्नुभएका उहाँ अहिलेसम्म भेटिनुभएको छैन । जेठा छोरा गंगाप्रसाद घिमिरे बुबा हराएपछि धेरै दिन खोज्दा पनि नभेटिएको बताउनुुहुन्छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ,

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);