१४ वर्षीया बालिकाको बिहे गर्न ५० लाख खर्च ! | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

१४ वर्षीया बालिकाको बिहे गर्न ५० लाख खर्च !

काठमाडौं, ८ कार्तिक । फूलमाला र बत्तीले झिलिमिली भव्य मण्डप। छिमेकीदेखि टाढाटाढाका आफन्त । खानपिनका लागि विभिन्न थरी परिकार । लाहान, नयाँबजारका मोहम्मद ताहिर अन्सारीले छोरीको बिहेका लागि सम्पूर्ण तयारी गरेका थिए । मात्र प्रतीक्षा थियो, जन्तीको । राति करिब ११ बजे जन्तीको लावालस्कर पनि आयो । ४० गाडीमा ३ सय जन्ती मण्डपमा भित्रिँदा बेहुलीका अभिभावकको अभिमानसमेत बढेको थियो।

स्वागतसँगै जन्ती खानपिनमा लागे । अभिभावक निकाह (बिहे) को तयारीमा लागे । सम्पूर्ण रुपले सिँगारिएकी बेहुलीलाई कोठाबाट मण्डपतिर लगिँदै थियो । त्यही बेला फिल्मी शैलीमा यो बिहे हुन सक्दैन भन्दै प्रहरी पुग्यो। समारोहमा अचानक बिध्नज भएपछि सबैजना आत्तिए।

प्रहरीले अभिभावकलाई सोधे – बेहुलीको उमेर कति हो ? अभिभावकले सुरुमा आनाकानी गरे पनि खुलासा गर्न बाध्य भए – बेहुलीको उमेर १४ वर्ष मात्रै छ।’

उमेर नपुगेकी बालिकाको बिहे गर्न पाइँदैन, अभिभावक र साक्षीलाई समेत मुद्दा लाग्न भनेर प्रहरीले ठुल्ठूलो स्वरमा भन्न थालेपछि आफन्तहरुको भागाभाग भयो । बेहुलीपक्ष मात्र होइन, नाच्दैगाउँदै आएका जन्ती पनि तितरबितर हुन थाले। ५० लाख खर्च गरेर आयोजना गरिएको बिहे समारोहमा कोलाहल मच्चियो । तर, प्रहरीले कसैलाई गिरफ्तार गरेन। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);