कोरोनाकाे 'हटस्पट'मा सर्वसाधारणकाे भीड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोरोनाकाे ‘हटस्पट’मा सर्वसाधारणकाे भीड

कपिलवस्तु, ९ भदौ । कपिलवस्तु सदरमुकाम तौलिहवामा आगो झै कोरोना फैलिएको अवस्थामा सर्वसाधारणले स्वास्थ्यको न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएको छ । तौलिहवामा पछिल्लो समय समुदायस्तरमा व्यापक कोरोना देखिन थालेको छ । जिल्लामा तौलिहवा कोरोनाको ‘हटस्पट’ नै बनेको छ ।

मंगलबारमात्र यहाँ २० जनामा संक्रमण पुष्टि भएको छ । तर, तौलिहवाको राष्ट्रिय बैंक अगाडी सर्वसाधारणको भीडले कोरोनाको जोखिम झनै बढ्ने देखाएको छ । जिल्लामा पछिल्लो साउन २७ गते देखि लकडाउन छ । यद्यपि जिल्ला प्रशासन कार्यालयले भदौ ७ गतेदेखि दैनिक दुई घण्टाका दरले बैंक तथा वित्तिय संस्था खुल्ला गर्ने निर्णय गरेसंगै तौलिहवामा यो भीड देखिएको हो ।

बैंक खुल्ने भनेपछि कपिलवस्तुका ठाउँ ठाउँबाट पैसा निकाल्नका लागि तौलिहवामा सर्वसाधारण लामबद्ध भएका थिए । तौलिहवाका अधिकांश बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिसकेको छ । यो बेला बैंक तथा वित्तीय स्था दुई घण्टा खोल्ने निर्णयले कोरोना झन् ब्यापक बन्नेमा सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

कोरोना संक्रमणको भयको वातावरणकै बीचमा तौलिहवामा देखिएको यो भीड सहितको फोटो सामाजिक सञ्जालमा पोस्ट् भएपछि विभिन्न क्षेत्रबाट टिप्पणी भैरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);