'म काठमाडौं जान्नँ' | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

‘म काठमाडौं जान्नँ’

dr kc

जुम्ला, २९ असार । जुम्लामा १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीले सरकारले वार्ताबाट चिकित्सा क्षेत्रको समाधान खोज्न बेवास्ता गरेको बताएका छन्।

आफ्नो माग सम्बोधनका लागि सरकारी पक्षबाट वार्ताको पहल चाहे पनि सरकारले वास्ता नगरेको र पेलेर अगाडि बढ्ने मनसाय राखेको उनको भनाइ छ। सरकारले डा. केसीलाई काठमाडौं लैजान बुधबार जुम्लामा हेलिकोप्टरमा पठाउने तयारी गरे पनि त्यसलाई केसीले अस्वीकार गरेका थिए। आफू जीवन रक्षाका लागि काठमाडौं नजाने तर वार्ताका लागि भने तयार रहेको उनको भनाइ छ। ‘सरकार वार्तामा नआएर जबर्जस्ती काठमाडौं लगेर मेरा माग तुहाउन खोज्दै छ। तर म त्यसो हुन दिन्नँ’, डा. केसीले भने, ‘म वार्ताका लागि सधैं तयार छु। सरकारले जबर्जस्ती नगरोस्।’

हालसम्म सरकारी पक्षबाट वार्ताका लागि कुनै आधिकारिक जानकारी नआएको डा. केसीका सहयोगी चिकित्सक जीवन क्षेत्रीले बताए। ‘केसीको मागप्रति सरकार लचक बन्दै वार्तामा आए हामी तयार छौं’, उनले भने, ‘तर त्यसो हुन सकेको छैन। डा. केसी वार्ताका लागि कुरिरहनुभएको छ।’ डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा सरकार वार्ताभन्दा पनि केसीको जीवनरक्षामा केन्द्रित भएको उनको भनाइ छ। तर केसीले जुम्लामै वार्ता चाहेको उनले बताए।
डा. केसीका समर्थकले सरकारलाई वार्ताका माध्यमबाट माग पूरा गर्न दबाब दिइरहेका छन्। सरकार र डा. केसी पक्षबीचको वार्ताका लागि आफूहरू मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले बताए। ‘केसी संवादका लागि लचक देखिए पनि सरकारले वार्ता टोली गठन गरेको छैन’, उनले भने, ‘सरकारले केसीको ज्यान मात्र नभई उनका मागप्रति पनि ध्यान देओस्।’
वार्ताका लागि ध्यानाकर्षण
जुम्लाको चन्दननाथ नगरपालिकाले डा. केसीका माग सम्बोधन तथा जीवनरक्षाका लागि वार्ताका माध्यमबाट समस्या समाधान गर्न संघीय सरकारको ध्यानाकर्षण गराएको छ। केसीका माग सार्वजनिक सरोकारका विषय भएकाले तत्काल माग सम्बोधन तथा जीवनरक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने मेयर कान्तिका सेजुवालले बताइन्।

नेपाल मानवअधिकार संगठन काठमाडौंले पनि डा. केसीको सत्याग्रहमा ऐक्यबद्धता जनाएको छ। बिहीबार जुम्ला पुगेर संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले केसीको सत्याग्रहमा आफूहरूको साथ रहेको र माग पूरा गर्न सरकारलाई दबाब दिने बताए।

एयरलिफ्ट गर्न सुझाव

डा. केसीको उपचारमा चिकित्सकलाई कठिनाइ भएपछि उनलाई एयरलिफ्ट गर्न चिकित्सकले सुझाएका छन्। डा. केसीले आफ्नो उपचारमा चिकित्सकको सल्लाह नमानेका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि डाक्टरहरू पूजनकुमार रोकाया, धीरज गुरुङ, सिद्धार्थ खाती र निराजन महासेठले एयरलिफ्ट गर्न सुझाएका हुन्।

अहिले अक्सिजन र स्लाइनपानीका माध्यमबाट चिकित्सकले केसीको जीवनरक्षा गरिरहेका छन्। केसीको रगतमा ग्लुकोजको मात्रा कम हुँदै गएको उनीहरूको भनाइ छ। तर केसीले ग्लुकोज पनि लिन मानेका छैनन्। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);