वार्ताको वातावरण बनाउँदै सरकार, डा. केसीलाई यस्तो चिन्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

वार्ताको वातावरण बनाउँदै सरकार, डा. केसीलाई यस्तो चिन्ता

govinda kc

जुम्ला, ३० असार । १४ दिनदेखि आमरण अनशनमा रहेका डा गोविन्द केसीका मागबारे छलफल गर्न सरकार तयार देखिएको छ ।
जुम्लामा अनशनरत केसीको स्वास्थ्य थप कमजोर बन्दै गएपछि सरकार गम्भीर बनेको हो । केसीको माग सम्बोधन गर्ने सवालमा सरकारी पक्षबाट वार्ताको वातावरण बनाउन शुक्रबार दिनभरजसो प्रयास भएको केसीका सहयोगीहरूले बताए । सरकारी पक्षले गरेको प्रयासबारे डा केसीलाई पनि जानकारी गराइएको छ । सरकार वार्ताका लागि अग्रसर देखिएको केसीपक्षीय डा.अभिषेक सिंहले बताए ।

सरकारले माग पूरा गर्ने वातावरण तयार गरे डा गोविन्द केसी जुम्लाबाट काठमाडौं आउन तयार देखिएका छन् । तर, काठमाडौं ल्याइसकेपछि झुलाउन सक्ने चिन्ता केसी पक्षलाई छ । सरकार अझै वार्ताका लागि गम्भीर नभएको बुझाइ डा केसीको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);