१० स्थानमा ट्राफिक बत्ती मर्मत गर्दै महानगरपालिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

१० स्थानमा ट्राफिक बत्ती मर्मत गर्दै महानगरपालिका

traffic light

काठमाडौं, ३० असार । काठमाडौं महानगरपालिकाले जडान भएर पनि सञ्चालन हुन नसकेका राजधानीका मुख्य सडकका सडकबत्ती मर्मत गर्ने भएको छ ।

महानगरपालिकाले राजधानीको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न १० स्थानको ट्राफिक बत्ती मर्मत गर्न लागेको हो । राजधानीको माइतीघर, थापाथली, त्रिपुरेश्वर, चाबहिल, बागबजार चोक, रत्नपार्क, कालीमाटी, कोटेश्वर, नितकुने, सिंहदरबारको ट्राफिक बत्ती मर्मत गरी सञ्चालन गर्न लागिएको हो ।

समाचार अनुसार, कामपा नगरपरिषदले बजेट पारित गरिसकेको र केही महिनाभित्र मर्मत गरी सञ्चालन गर्ने तयारी रहेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);