झापामा कार दुर्घटना हुँदा दुईको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

झापामा कार दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं। कार अनियन्त्रित भई दुर्घटना हुँदा झापामा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरी लेगडा–५ का ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरी उपमहानगरपालिका १० की ३० वर्षीया गीता चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.१४च ९१०८ नम्बरको कार पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–१० मा दुर्घटना हुँदा उनीहरूको ज्यान गएको प्रहरीको भनाइ छ । अत्यधिक गतिका कारण आफैँ अनियन्त्रित भएको कार बरको रूखमा ठोक्किएको थियो । दुर्घटनामा परेर दुवैजना गम्भीर घाइते भएका थिए । उनीहरूको उपचारको क्रममा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए। दुर्घटनामा अन्य चारजना घाइते भएका छन् ।

घाइते हुनेमा मोरङ सुन्दरहरैँचा–६ की ४० वर्षीया रिता चौधरी, इटहरी–८ का २७ वर्षीय तेजन चौधरी, धरान–१५ का  ३६ वर्षीय बिबिसन दास र धरान–१५ कै ३३ वर्षीय राजेश चौधरी छन् । उनीहरूको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीकझ भनाई छ ।क

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);