बाँके र बर्दीयामा आज मध्यरातदेखि एक साता निषेधाज्ञा लागु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाँके र बर्दीयामा आज मध्यरातदेखि एक साता निषेधाज्ञा लागु हुने

बाँके । कोरोना संक्रमण बढदै गएपछि बाँके र बर्दीयामा आज मध्यरातदेखि एक साता निषेधाज्ञा लागु हुने भएको छ ।

यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको मा पछिल्लो समय संक्रमण फैलिँदै गएकाले जिल्ला भर निषेधाज्ञाको निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार आजराति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुनेछ । निषेधाज्ञा अवधि भर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र सन्चालन गर्न दिने निर्णय प्रशासनले गरेको छ ।

यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल र हवाई सेवा पनि खुल्ला हुने छन् । बाँके र बर्दिया दुवै जिल्लाका सिमाना भारतसँग जोडिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);