दाङमा झाडा पखालाबाट एकै घरका २ बहिनीको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

दाङमा झाडा पखालाबाट एकै घरका २ बहिनीको निधन

dead-body

दाङ । दाङमा झाडा पखालाबाट एकै घरका २ बहिनीको निधन भएको छ ।

मृत्यु हुनेमा राजपुर गाउँपालिका ६ का १३ वर्षीया विनिता बुढा र ११ वर्षीया रिता बुढा रहेको राजपुर गाउँपालिकाका स्वास्थ्य संयोजक कमल बहादुर रोकायले जानकारी दिए । उनका अनुसार उनीहरुलाई शुक्रवार साँझदेखि झाडा पखाला लागेको थियो ।

एक बहिनीको शनिबार राति १० बजे र अर्कीको आइतबार बिहान ६ बजे निधन भएको हो । स्वास्थ्य संयोजक रोकायले भने,‘ फोन नलाग्ने विकट क्षेत्र भएको हुदाँ र उहाँहरुले स्वास्थ्य संस्थाहरुमा पनि जानकारी गराउनु भएको रहेन छ ।

आइतबार बिहान मात्र हामीले थाहा पाएपछि हाम्रो टोली त्यहाँ १० बजे पुगेको थियो ।’ त्यस्तै, मृतक दुइ बहिनी सहित त्यहाँ ५÷६ घरपरिवारका १० जनालाई झाडा पखाला लागेको समेत उनले जानकारी दिए ।

आफूहरुको टिम त्यहाँ पुगेर ८ जनाको उपचार गरेको समेत उनको भनाई छ । अहिले उनीहरु सबै निको भएको समेत संयोजक रोकायले बताए ।

त्यस्तै, झाडा पखाला लाग्नुको कारण थाहा नभएको स्वास्थ्य संयोजक रोकायले बताए । ‘ उक्त ठाउँ विकट छ ।औषधि गर्नको लागि पनि करिब २ घण्टा हिड्नु पर्छ,’ उनले भने,‘ मृतकका घरमा आमा मात्र र बुवा काम गर्न बाहिर जानु भएको रहेछ ।

उनीहरुलाई झाडा पखाला लागे पनि ठिक भइहाल्छ भनेर घर मै राख्दा पनि मृत्यु भएको हुनसक्छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);