कपिलवस्तुको यशोधरा गाउँपालिकामा सबै पठन पाठन तथा परीक्षा स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कपिलवस्तुको यशोधरा गाउँपालिकामा सबै पठन पाठन तथा परीक्षा स्थगित

शम्भु माली
कपिलवस्तु ।
कपिलवस्तुको यशोधरा गाउँपालिकामा आजबाट विद्यालय तहका पठनपाठन बन्द गर्नुका साथै परीक्षाहरु पनि स्थगित भएका छन् । गाउँपालिकाले आज सूचना प्रकासित गर्दै आजैबाट लागू हुने गरी विद्यालय तहका पठनपाठन बन्द गराई परीक्षाहरु समेत स्थगित गर्न जानकारी गराएको हो ।

कोरोना माहामारीको दाश्रो लहर तिब्र रुपमा फैलिरहेकोले भौतिक उपस्थिति नगराई रोग रोकथामका लागि बैशाख मसान्तसम्म विद्यालय बन्द गरिने भएको हो । यशोधरा गाँउपालिका भारतसँग सीमानाका जोडिएकाले झन् जोखिम रहेकोले विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

हाल कपिलवस्तुमा एक सय २० कोरोना संक्रमित छन् । तीमध्ये आठ भेन्टिलेटर र १० आइसीयुमा उपचारका क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);