दुई दशकदेखि बागलुङ बसपार्क निर्माणको आयोजना अधुरै, नगर र निर्माण व्यवसायीको विवाद | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दुई दशकदेखि बागलुङ बसपार्क निर्माणको आयोजना अधुरै, नगर र निर्माण व्यवसायीको विवाद

baglung buspark

सुवास आचार्य

काठमाडौं, १७ वैशाख । निर्माण व्यवसायी र नगरपालिकाबीचको विवादका कारण बागलुङ बसपार्क निर्माण हुन सकेको छैन । १७ वर्षदेखि निर्माणको किचलोको कारण समयमै आयोजना पुरा नभएको हो । पटक पटक निर्माण कार्य बन्द हुँदै आएको छ । अन्तिम पटक थपिएको म्यादमा पनि निर्माण हुन नसक्दा बसपार्क निर्माणको आयोजना अधुरो भएको हो ।

बागलुङ नगरपालिका—४ उपल्लाचौरमा गण्डकी प्रदशेकै आधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण गर्ने सरकारी आयोजना वर्षाैदेखि अधुरो छ । निर्माण कार्य अघि बढाइएपनि नगर र निर्माण कम्पनीको विवादको कारण झण्डै दुइ दशकदेखि अधुरै भएको हो ।

साढे १७ रोपनी क्षेत्रफलमा बन्ने बसपार्क ८ करोड ८० लाख ६४ हजार १ सय ९८ रुपैया लागतमा पुरा हुने आयोजना हो । नगर विकास कोषको ९० प्रतिशत ऋण , नगरविकास कोष मार्फत सरकारको ७ दशमलव ५ प्रतिशत अनुदान २ दशमलव ५ प्रतिशत नगरपालिकाको लगानी रहेको छ ।

२०५९ सालमा बसपार्क निर्माणका लागि जग्गा स्वामित्वमा लिने काम भएपनि निर्माणको काम नहुँदा आयोजना अधुरै रहेको हो ।स्थानीयले उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साढे १७ रोपनी जग्गामा बसपार्क निर्माण गर्ने गरी आशिष फेवा जेभी पोखराले ८ करोड ८० लाख ६४ हजार १ सय ९८ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

हालसम्म निर्माण कम्पनीले ३ करोड ८६ लाख ५ हजार ९ सय १० भुक्तानी लिइसकेको छ । बसपार्क निर्माणका लागि आवश्यक पर्ने जग्गा स्थानीयले निःशुल्क रुपमा उपलब्ध गराएका थिए । त्यसबाहेक नजिकको जग्गा व्यवस्थित गरेर स्थानीयलाई फिर्ता गर्नेगरी सम्झौता भएकाले सो अनुसार काम भैरहेको जग्गा व्यवस्थापन तथा विकास समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताउनु भएको छ ।

आधुनिक बर्षपार्क निर्माण भएमा कम्तीमा ६० वटा बस पार्किङ गर्न सकिने छ। साना सवारी साधनको लागि समेत सहज पार्किङको व्यवस्था हुनेछ । पछिल्लो समय सवारी साधनको संख्या बढ्दै गएपछि पार्किङ साँघुरो भएको छ ।मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको समेत केन्द्र रहेको बागलुङमा व्यवस्थित बसपार्क निर्माणको आयोजना अबिलम्ब पुरा गर्नुको विकल्प छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);