भिटीएम अभाव हुदाँ स्वाब संकलन रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भिटीएम अभाव हुदाँ स्वाब संकलन रोकियो

सुदूरपश्चिम, २ असार । सुदूरपश्चिममा थ्रोट स्वाब राख्ने भाँडो भाईरस ट्रान्सफर मिडिया भिटिएम नहुँदा स्वाब संकलनको कार्य फेरी रोकिएको छ । भिटिएम नभएपछि कोरोना परीक्षणका लागि आवश्यक स्वाब संकलन पूर्ण रुपमा रोकिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भिटिएमको मौज्दाता सकिएकाले अहिले पूर्ण रुपमा स्वाब संकलनको कार्य पनि रोकिएको हो ।  भिटीएम सकिएपछि शंकास्पद र कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको समेत स्वाब संकलन हुन सकेको छैन ।

स्वास्थ्य निर्देशनालयले जेठमा प्रयोगशालाको क्षमता भन्दा बढी स्वाब संकलन गरिएको भन्दै ५ दिनका लागि रोकेको थियो । स्वाब संकलन सुरु भएको एक सातामै फेरी भिटिएम सकिएपछि स्वाब संकलन बन्द गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);