नेपालमा कोरोना संक्रमितको संख्या बढेको छैन : स्वास्थ्य मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालमा कोरोना संक्रमितको संख्या बढेको छैन : स्वास्थ्य मन्त्रालय

swasthya-mantralaya

काठमाडौं, २१ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या नबढेको स्पष्ट पारेको छ । शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमितको संख्या यथावत रहेको पुष्टि गर्नुभएको हो ।

डा. देवकोटाले पोखरामा कोरोना भाइरसको पोजेटिभ केस देखिएको भनी आएको समाचार आएको उल्लेख गर्देै उहाँले निको भएको सहित गरेर जम्मा ६ वटा केस मात्रै पोजेटिभका भएको स्पष्ट पार्नुभएको हो ।

डा. देवकोटाले प्रदेशका विभिन्न स्थानमा नमुना परीक्षणका लागि नया मेसिनहरु राखिएकाले कुनै संकास्पद केश भएमा त्यसको पुन परीक्षण गरेपछि मात्रै निष्कर्षमा पुग्न सकिने उल्लेख गर्नुभयो । उहाँले पछिल्लो छैठौं केसको कन्ट्रयाक्ट टेसिङ सुरु भएको पनि उहाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा अहिले सम्म जम्मा १ हजार २ सय ७७ वटा नमुना परीक्षण भएको छ । प्रतिदिन सय भन्दा बढीका दरले टेकूमा नमुना परीक्षण गर्न थालिएको छ भने काठमाण्डौं बाहिर ७८ वटा नमुना परीक्षण गरिएको छ ।

धरानमा ३९, जनकपुरमा ५, हेटौडामा ५, पोखरामा १९ , सुर्खेतमा ७ र धनगढीमा ४ वटा नमुना परीक्षण गरिएको हो । सबै परीक्षण नेगेटिभ आएका छन् भने बुटबलमा नमुना परीक्षणका लागि मेसिन जडान कार्य सुरु भईरहेको छ । भक्तपुरका खरिपाटी क्वारेन्टाईनमा रहेका सबै ९६ जना तथा कैलाली र कञ्चनपुरका क्वारेन्टाईनमा रहेका ९२ जनाको नमुना संकलन गरिएको छ ।

कोभिड १९ को संभावित संक्रमणको आंशकामा उपत्यकामा १५ र उपत्यका बाहिर १०५ गरी मुलुकभर १ सय २० जना आइसोलेसनमा उपचारत छन् ।

मन्त्रालयको एप्समा ५ हजार ६ सय २६ जनाले आफ्नो व्यक्तिगत स्वास्थ्य विवरण भरेको र ती मध्ये १ सय ७ जना रेड जोनमा रहेकाले उनीहरुलाई इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा मार्फत सम्पर्क गरिने डाक्टर देवकोटाले बताउनुभयो । रेड जोनमा रहेकाको ट्राभल हिस्ट्री लगायत हेरेर नमुना परीक्षण गरिने छ । एप्समा भरिएको विवरण र सम्पर्क ठेगाना कतिपयको गलत भएकाले सही विवरण भरिदिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

डाक्टर देवकोटाले पिपिइको दुरुपयोग नगर्न र कोभिड १९ बाहेक अन्य विरामीलाई इमरजेन्सी सेवा बाट बञ्चित नगर्न पनि सबै अस्पताललाई आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);