कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ४ दिन पर सारियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ४ दिन पर सारियो

congress

काठमाडौं, २२ माघ । बिहीबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ४ दिन पर सारिएको छ । बैठकमा पेस गर्ने एजेण्डाबारे तयारी नपुगेकाले बैठक माघ २७ गते बस्नेगरी पर सारिएको कांग्रेसले जनाएको छ । कांग्रेसका शीर्ष नेताबीच पार्टीको आन्तरिक बिवाद मिलाउन माघ १० गते सहमति भएको थियो।

शीर्ष नेताहरुबीच भएको सहमति अनुरुप माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकले बिभिन्न निर्णयहरु गरेको थियो ।

सहमतिका बाँकी विषय टुंग्याउन नेताहरु काठमाडौं बाहिर रहेकाले छलफल हुन नसकेको र ती बिषयलाई छलफल गरेर टुंगोमा पुर्याउनका लागि बैठक सारिएको कांग्रेस नेताहरुको भनाई छ ।