नयाँ क्रान्तिको लागि तयार रहन प्रचण्डकाे आह्वान | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नयाँ क्रान्तिको लागि तयार रहन प्रचण्डकाे आह्वान

prachanda-1

काठमाडाैं, १० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ क्रान्तिको लागि तयार रहन जनतालाई आह्वान गरेका छन् ।

रोल्पा काठमाडौं सम्पर्क मञ्चले रोल्पाबाट निर्वाचित जनप्रतिनिधीको सम्मानमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले समृद्ध नेपाल बनाउने नयाँ संघर्षको झण्डा उठाई सकिएकोले त्यसको लागि तयार रहन आह्वान गरेका छन् ।

नयाँ क्रान्तिको नेतृत्व गर्ने अवसर आएकोले हिजो जनयुद्धको नेतृत्व गरेको रोल्पालाई गहिरो अध्ययन गरी नेतृत्वका लागि तयार रहन पनि उनको आह्वान छ । अवको संघर्ष भने नयाँ तरीकाको हुन भन्दै उनले सबैलाई एक हुन आग्रह गरे ।

प्रचण्डले नयाँ क्रान्ति र पार्टि एकताको शुरुवात गर्ने उद्घोष गरीरहँदा राजनीतिको केन्द्रमा रहेका अन्य रोल्पाली नेताहरुले भने देशी विदेशी शक्ति केन्द्रले यसलाई रोक्न ठूलो प्रयास गरेको बताएका छन् ।

प्रतिनिधि साभका सभाुमख कृष्ण बहादुर महराले अव सामाजिक परिवर्तनलाई अगाडी बढाउने कि नबढाउने भन्ने अवस्था आएकोले सबैलाई एकढिक्का हुन आग्रह गरे ।

त्यसैगरी माओवादी नेता तथा उर्जामन्त्री वर्षमान पुनले देश भित्र र बाहिर विभिन्न शक्तिकेन्द्रबाट त्यस्ता जनयुद्धका बेलाका जस्ता चुनौती फेरी आउन सक्ने भन्दै नयाँ विचार, चेतना र कार्यशैलीको जरुरी रहेको बताए । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको समय लम्बिँदै जाँदा विभिन्न किसिमले टिका टिप्पणी हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);