प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरिंदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरिंदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको गोदावरी नगरपालिका–३ मा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज उद्घाटन गर्ने भएको छ ।



प्रधानमन्त्री निवास बालुवाटारबाट ओलीले भर्चुअल माध्यमबाट उक्त सम्मेलन केन्द्रको उद्घाटन गर्न लागकाे हो ।

ललितपुरको गोदावरी नगरपालिका–३ मा निर्माण भएको सो गोदावरी सनराइज सम्मेलन केन्द्र ३ हजार सिट क्षमताको छ । ८१ करोडको लागतमा सो सम्मेलन केन्द्रको निर्माण भएको हो ।

विसं २०७६ असोज २० गतेदेखि निर्माण शुरु भएको सो केन्द्र यही कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि कोरोना जोखिमका कारण ढिलाइ भएको थियो ।

करीब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन सो केन्द्र केसी–समानान्तर जेभीले ठेक्का पाएको थियो ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री ओलीकाे पद तथा गोपनीयताको शपथ आज
केपी ओली पुनः प्रधानमन्‍त्री नियुक्त

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);