कांग्रेस दोबाटोमा, जसपा मौका पर्खदै, माओवादीको आँखा दुबै दलतिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेस दोबाटोमा, जसपा मौका पर्खदै, माओवादीको आँखा दुबै दलतिर

काठमाडौं, ११ चैत । फागुन ११ देखि धमिलिएको राजनीति झनै धमिलो बन्दै गएको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि धमिलिएको राजनीति फागुन २३ मा एमाले माओवादी केन्द्र ब्युतिएपछि झनै धमिलो बन्न पुगेको छ।

०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेकपा गठन भएपछि सो पार्टी भित्रको अन्तरकलह झनै चर्किएको छ। पछिल्लो चरणमा यो कलहका कारण प्रतिनिधिसभा विघटन हुन पुग्यो। तर प्रतिनिधिसभा पुनर्स्थापना भएपनि समस्या झनै चर्केर गयो।

सर्वोच्चले दुबै दल एमाले र माओवादी केन्द्र ब्युँताएपछि दुबै पार्टी आ-आफ्नो हैसियतमा फर्किए । तर एमालेको माधव नेपाल पक्ष, घरको न घाटको बन्यो । अहिले सो समूहले समानान्तर कमिटीको अभ्यास गरी रहेको छ।

प्रतिनिधिसभाको पुन:स्थापना भएपछि राजनीतिमा नयाँ समीकरण बन्ने आम अनुमान थियो । तर त्यो अनुमान फेल भएको छ। देशमा न नयाँं सरकार बन्ने संभावना बनेको छ न वर्तमान सरकारलाई ढुक्कसंग काम गर्ने वातारण सृजना भएको छ।

सरकारलाई पनि कुन बेला अविश्वासको प्रस्ताव आउला भन्ने अनेक अशंका उत्पन्न हुने गरेको छ भने अरु दललाई प्रतिनिधिसभा विघटन हुने हो कि भन्ने त्रास छाएको छ। यसको कारण वर्तमान सरकार भने होइन। यसको मुख्य कारण नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र नै हुन् ।

कांग्रेस सरकार बनाउने कि चुनावमा जाने भन्ने दोबाटोमा छ। जनता समाजवादी पार्टी भने सरकाको नेतृत्व गर्न पाईन्छ कि भनेर मौका कुरेर बसेको छ। माओवादी केन्द्र भने कांग्रेस र जनता समाजवादी पार्टी कसले अविश्वासको प्रसताव ल्याउलान् भनेर दुबै तिर आँखा लगाएर बसेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);