स्पष्टिकरण र कारवाहीको होडमा एमाले (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०७९, शुक्रबार

स्पष्टिकरण र कारवाहीको होडमा एमाले (भिडियोसहित)

संगीता अधिकारी
काठमाडौं, १४ चैत ।
सर्वोच्चको फैसलापछि ब्युँतिएको सत्तारुढ दल नेकपा एमालेमा यतिबेला कारबाही र आरोप प्रत्यारोपको होडबाजी चलिरहेको छ । एक पक्षले अर्को पक्षलाई पार्टीको हित विपरित काम गरेको र बिद्यान विपरित काम गरेको आरोप लगाउने क्रम जारी छ । विशेषगरी दुबै पक्ष एक अर्कालाई गलाउने रणनीतिमा लागेको देखिन्छ ।

सर्वोच्च अदालतले नेकपाको नाम सम्बन्धी मुद्दामा फैसला दिएसँगै नेकपा एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्कियो । तर अहिले पनि विगतमा नेकपामा भएको शैलीको विवाद भने कायम नै रहेको छ । फरक यति हो, विगतमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा थिए भने अहिले वरिष्ठ नेता माधवकुमार नेपालहरु कमजोर बनेका छन् । पछिल्लो समय उत्कर्षमा पुगेको एमाले विवादको श्रृंखला विशेषगरी स्पष्टिकरण प्रकरणले बल्झिएको देखिएको छ । पार्टीका चार नेतालाई सोधिएको सो स्पष्टिकरण प्रकरणले विवाद चर्केको देखिएको हो । नेकपा नेता खगराज अधिकारी भने पार्टी र सरकारको विरोध गर्दै हिड्ने र विपक्षीलाई साथ दिनेलाई नेकपा एमाले नमानिने र उनीहरुलाई कारवाहीको दायरामा ल्याए अघि बढ्ने बताउँछन् ।

शुक्रबार बालुवाटारमा भएको संसदीय दलको बैठकमा त झन् पार्टी अध्यक्ष ओलीले नेता नेपाल र भीम रावलको जवाफ नकरात्मक भएको भन्दै कारवाही गर्ने समेत बताएका छन् ।

पार्टी विवाद बढाउने गरी स्पष्टिकरण सोधिएकोमा जवाफी पत्र पेश पनि भईसकेको छ । तर सो जवाफ एमाले विवादलाई थप उत्कर्षमा पु¥याउने खालको रहेको देखिन्छ । नेपाल पक्षका नेताहरु अहिले अध्यक्ष ओलीलाई नै कारवाही हुनुपर्ने बताइरहेका छन् । अध्यक्ष ओलीले पार्टी विपरीत गतिविधि गरेकाले स्वयम् कारवाहीको भागेदार हुने एमाले नेता जीवनराम श्रेष्ठको भनाई छ ।

नेकपा एमालेमा देखिएको विवाद कहाँसम्म जान्छ भनेर यकिन गर्न सकिने अवस्था छैन । तर अहिलेको गतिमा दुबै पक्ष अघि बढेको खण्डमा भने पार्टी फुटको दिशातिर नजाला भन्न सकिँदैन । यस विषयमा एमालेका दुबै पक्ष सतर्क हुन आवश्यक रहेको देखिन्छ ।

Leave a Reply