एमाले कार्यदलको बैठक सकियो, भोलिसम्ममा निष्कर्षमा पुग्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमाले कार्यदलको बैठक सकियो, भोलिसम्ममा निष्कर्षमा पुग्ने

काठमाडौं । नेकपा एमालेभित्रको बैठक समाधानका लागि गठित कार्यदलको बुधबार बसेको बैठक सकिएको छ ।

बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकपछि प्रतिक्रिया दिंदै कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बैठक निष्कर्षउन्मुख भएको बताएका छन् । बैठक सकरात्मक रहेको र भोलिसम्ममा एउटा निष्कर्षमा पुग्ने ज्ञवालीले बताए ।

गत जेठ २ गते बनाइएको कार्यदलमा एमाले अध्यक्ष ओलीको तर्फबाट नेता सुवास चन्द्र नेम्वाङको नेतृत्वमा नेताहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट नेता भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);