आजैदेखि नयाँ सरकार गठन गर्न घनिभूतरुपले छलफल अगाडि बढाउने दाहालको उद्घोष | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आजैदेखि नयाँ सरकार गठन गर्न घनिभूतरुपले छलफल अगाडि बढाउने दाहालको उद्घोष

शम्भु माली
कपिलवस्तु, २१ चैत ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबारबाटै नयाँ सरकार गठनबारे घनिभूत छलफल थालिने उद्घोष गरेका छन् ।

शनिबार कपिलवस्तुमा आयोजित पार्टीको जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आज ४ बजेबाट घनिभूत रुपमा छलफल अगाडि बढाउने बताएका हुन् । ‘साढे तीन बजे काठमाडौं फर्केर ४ बजेबाट काठमाडौंमा नयाँ सरकार गठन बारेका बैठकहरु घनिभूत रुपले अगाडि बढाउने छु भनेर आएको हुँ । देशको राजनीतिले कोल्टे फेरेको छ, म तपाईहरु सबैलाई बधाई भन्न चाहन्छु,’ उनले भने ।

सम्भवत छिट्टै नयाँ सरकार बन्ने अध्यक्ष दाहालको दाबी छ । उनले भने, ‘नयाँ परिस्थितिबन्ने छ । त्यही कामका निम्ति मैले छिटो जानुपरेको हो । सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ ।’ यस्तै दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको निर्णयबाट देशको राजनीतिले कोल्टे फेरेको पनि दाबी गरे ।

उनले भने ‘नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग्ने र अर्को सरकार गठनका निम्ति पहल लिने भनेर हिजो निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ ।’ नयाँ सरकार गठनका लागि तुरुन्तै पहल लिनुपर्ने सुझाव आएको पनि उनले खुलासा गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);