दोहोरी गीत प्रतिष्ठानको उपाध्यक्षमा राधिका हमाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

दोहोरी गीत प्रतिष्ठानको उपाध्यक्षमा राधिका हमाल

काठमाडौं, १४ फागुन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको उपाध्यक्षमा चर्चित गायिका राधिका हमाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

धादिङमा जारी प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशनबाट हमाल उपाध्यक्षमा निर्विरोध चयन हुनुभएको हो ।

उहाँका ‘ढल्क्यो जवान’,‘क्याम्पस पढ्न आउने’,‘लरक्कै लर्केको’,‘जोगी बुडाले’ जस्ता चर्चित गीत हुन् । अध्यक्षमा रीता थापा मगर निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाण सर्वसम्मत निर्वाचित भएका छन् । साङ्गठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा हमाल सर्वसम्मत भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);