प्रदेश २ मा अपराधिक गतिविधि बढेकोमा डीआईजी पालद्वारा चिन्ता व्यक्त | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

प्रदेश २ मा अपराधिक गतिविधि बढेकोमा डीआईजी पालद्वारा चिन्ता व्यक्त

DIG pal

धनुषा, ५ असार । प्रदेश २ मा अपराधिक गतिविधि बढेकोमा प्रदेश नंं. २ का प्रहरी नायव महानिरीक्षक हरिबहादुर पालले चिन्ता व्यक्त गर्नु भएको छ ।

बिहिबार सिमावर्ती क्षेत्र जटहिमा रहेको सिमा प्रहरी चौकी लग्मा जटहीको कार्यालय÷व्यारेक भवनको समुद्घाटन गर्दै सुरक्षाको हिसावले प्रदेश २ चुनौतीपुर्ण रहेको प्रहरी नायव महानिरिक्षक हरि बहादुर पालले बताउनु भयो । पालले चौकी निर्माण कार्य सम्पन्न भएपछि त्यहाँ हुने विभिन्न प्रकारको अपराधिक गतिविधीलाई रोक्ने आशा व्यक्त गर्नुभयो ।

नेपाल सरकारबाट प्राप्त नियमित बजेटबाट एक करोड ९८ लाख ६० हजार १८३ रुपैयाको लागतमा नेपाल प्रहरीको आफ्नै जग्गाा आठ कठ्ठा १५ धुरमा रोशन कन्सट्रकसन प्रा.लि. जनकपुरमार्फत भवन निर्माण कार्य सम्पन्न गरिएको हो ।

ताजा समाचार