जिल्ला प्रहरी कार्यालय धनुषाका लागि नयाँ ब्यारेक भवन निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जिल्ला प्रहरी कार्यालय धनुषाका लागि नयाँ ब्यारेक भवन निर्माण

byarek bhawan dhanusha

धनुषा, २ जेठ ।  आवासको समस्या झेल्दै आएको जिल्ला प्रहरी कार्यालय धनुषाका लागि नयाँ व्यारेक भवन निर्माण भएको छ । जनकपुरधामको निधि भवनलाई आवासको रुपमा प्रयोग गर्दैै आएका प्रहरीहरुको लागि नयाँ आवास भवन निर्माण भएको छ ।

बिहीबार प्रदेश नं. २ को प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले एक कार्यक्रमको बीच नव निर्मित व्यारेक भवनको उद्घाटन गर्नु भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाको आफ्नै एक बिघा पाँच कठ्ठा १५ धुर जग्गामा चार करोड ६५ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न ब्यारेकको निर्माण कार्य सम्पन्न भएको छ ।

नेपाल प्रहरीका विभिन्न स्तरका कुल २ हजार ५ सय ७० प्रहरी इकाईमध्ये व्यवस्थित ब्यारेक नभएका १ हजार १ सय ३८ ईकाईहरुमा क्रमिक रुपले ब्यारेक भवनहरुको निर्माण गर्ने क्रम चलिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);