दुईवटा वडालाई लक्षित गरी शनिगाउँमा प्रहरी चौकी स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

 दुईवटा वडालाई लक्षित गरी शनिगाउँमा प्रहरी चौकी स्थापना

जुम्ला । सिंजा गाउँपालिकाका- ५ र ६ लाई  लक्षित गरी प्रहरी चौकी स्थापना गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार सिंजाको शनिगाउँमा प्रहरी चौकी स्थापना गरिएको  हो । शनिगाउँमा नगिमान कठायतकाे नेतृत्वमा पाँच प्रहरी कार्यरत छन् ।

जुम्लाका प्रहरी नायव उपरीक्षक नरेनद्र चन्दले प्रहरी चाैकी स्थापनासँगै अपराधिक क्रियाकलाप नियन्त्रणमा सघाउ पुग्ने बताए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले समाजमा हिंसा न्यूनीकरण एवं  शान्ति सुरक्षा कायम गर्न नागरिक-प्रहरीबीचको सहकार्य आवश्यक रहेकाे बताइन् ।

सिंजा गाउँपालिका-५ का  वडाध्यक्ष मुनबहादुर रावतले स्थायी प्रहरी चौकी स्थापना भएकोमा खुसी व्यक्त गर्दै स्थानीय सरकारले  प्रहरी चौकीमो भौतिक पूर्वाधारजस्ता  काममा सहयोग गर्ने प्रतिबद्धता जनाए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);