जनताको उत्साहलाई कायम राख्नु चुनौतीपूर्ण : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

जनताको उत्साहलाई कायम राख्नु चुनौतीपूर्ण : प्रचण्ड

prachanda-1

काठमाडाैं, १ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताप्रतिको जनताको उत्साहलाई कायम राख्नु चुनौतिपूर्ण रहेको बताएका छन् ।

धुम्बराहीमा शुक्रबार आयोजित प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालको संयुक्त विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी एकता पछि एकताको साख र उत्साहलाई कायम राख्नु सबै भन्दा ठुलो चुनौति रहेको बताए ।

पार्टी एकतापछिको साख जोगाउन नसक्दा त्यस्ता पार्टी विस्तारै जनताबाट टाढा बन्दै गएको उदाहरण विश्वका कतिपय मुलुकमा देखिएको भन्दै उनले सांगठनिक सुदृढिकरण संगै समाजवाद प्राप्ती गर्ने उद्देश्यका लागि सांगठनिक एकता चुनौति र अवसर दुवै भएको बताए ।

आलोचना, बहस, संघर्ष हुँदै रुपान्तरण कम्युनिष्टहरुबीच एकता गर्ने नियम भएको भन्दै उनले सोही अनुसार भएको एकतालाई जनता माझ बचाई राख्नुपर्ने बताए ।

सही विचारले मात्रै पार्टी एकता, कम्युनिष्ट एकता, राष्ट्रको एकता वा अन्तर्राष्ट्रिय एकता कायम हुने भन्दै उनले विचार भन्दा माथि गएर एकताले स्थायीत्व प्राप्त गर्न नसक्ने बताए ।

विचार, राजनीतिक लाईन र कार्यदिशा बिनाको एकतालाई एकता नभनिने भन्दै उनले निश्चित उद्देश्य र त्यो उद्देश्यमा स्पष्टता र त्यसको आधारमा मात्रै पार्टी अघि बढ्ने भएकाले विचारमा तादात्मयता आवश्यक रहेको बताए ।

पार्टी एकताको नयाँ प्रक्रिया असाधारण, दुरगामी र राष्ट्रिय अन्तराष्ट्रिय आयाम रहेको भन्दै उनले एकतापछि सबैको जिम्मेवारी बढेको उल्लेख गरे । उनले एकतापछि दुवै संगठनका पदाधिकारीको भुमिका र महत्व बढेको भन्दै आधुनिक विज्ञान प्रविधिलाई सदुपयोग गरेर समाजवादको नयाँ मोडल दिन सक्नुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);