के गर्दै छ कोइराला परिवार ? | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

के गर्दै छ कोइराला परिवार ?

koirala family

काठमाडौं, २ असार । प्रतिपक्षी दल कांग्रेसभित्र पार्टी बलशाली बनाउने बहस चलिरहँदा कोइराला परिवारका सदस्यको रणनीति र सक्रियताबारे सबैको चासो देखिन थालेको छ । पछिल्लो महाधिवेशनदेखि शीर्ष नेतृत्वको घेराबाट बाहिरिएको ‘कोइराला परिवार’ यति बेला योजनाबद्ध रूपमा आफ्नो साख र शक्ति आर्जन गर्ने यत्नमा छ ।

‘स्वाभाविक रूपमा सबै नेताले दलभित्र आफ्नो स्थान र भूमिका बढाउन खोज्छन्’, कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले भने, ‘धरासयी हुँदै गएको पार्टीको अस्थालाई उकास्न पनि कोइराला परिवारले रणनीतिक रूपमा काम गरिरहेको जस्तो लाग्छ ।’

तर, जानिफकारहरू भन्छन्, ‘कोइराला परिवारको ध्येय भनेको गुमेको पार्टी नेतृत्व आफ्नै हातमा फर्काउने नै हो । पार्टीभित्र उनीहरूले नयाँ र ताजा तरिकाले आफ्नो बुर्जा निर्माण गर्न चाहेका छन् । कोइराला परिवारका तीन सदस्य महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र केन्द्रीय सदस्यकै पार्टी हैसियतमा रहेकी सुजाता कोइरालाको राजनीतिक चरित्र र संगठन गर्ने अलगअलग शैली र गति छन् । पछिल्ला दिनमा कांग्रेसभित्र महामन्त्री शशांक कोइरालाको भूमिका देउवा–पौडेल खेमासँग समदूरीमा प्रकट भइरहेको छ । उनले आफूलाई पार्टीभित्र राजनीतिक रूपमा अधिक सन्तुलित र सचेत देखाउन प्रयत्न गरिरहेको कहीँकतै छिपेको छैन । यस अर्थमा शशांक अलिक धीमा गतिका देखिन्छन् ।

कोइराला परिवारकै अर्का सदस्य शेखर कोइराला भने शशांकभन्दा ठीक विपरीत शैलीमा सक्रिय छन् । उनी पार्टीभित्रका हरेक विषयवस्तु र सन्दर्भमा नेतृत्वको आलोचना मात्र गरिरहेका छैनन्, देशका विभिन्न ठाउँमा पुगेर स्थानीय नेता तथा कार्यकर्तासँगको अन्तक्र्रिया र संवादलाई बाक्लो पारिरहेका छन् । गिरिजापुत्री सुजाता क्यान्सरको उपचारपछि घरमै आराम गरिरहेकी छिन् । यद्यपि उनले नेता–कार्यकर्ता भेट्न र आफ्ना एजेन्डामा ‘लबिङ’ भने गरिरहेकी छिन् ।

शशांक, शेखर र सुजाता जसरी फरकफरक ढंगमा पार्टीको केन्द्रदेखि तल्लो तहसम्म छाउने प्रयासमा छन्, के यो उनीहरू सल्लाहअनुरूप नै गरिरहेका हुन् ? या कोइराला परिवारले पार्टीभित्र आफू बलियो हुन सदस्यहरूबीच जिम्मेवारी बाँडफाँट गरेर अघि बढिरहेको हो त ?

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);