रामचन्द्र पौडेललाई कोइराला र सिंह परिवारको साथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

रामचन्द्र पौडेललाई कोइराला र सिंह परिवारको साथ

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि रामचन्द्र पौडेललाई कोइराला र सिंह परिवारको साथ रहने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइराला र सिंह परिवारका सदस्य सहभागी थिए ।

वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधि परिवारलाई कांग्रेसमा विरासत परिवारको रूपमा लिइन्छ । महाधिवेशन लक्षित बिहीबारको पौडेल समूहको पत्रकार सम्मेलनमा कोइराला र सिंह परिवारका सदस्य सहभागी भएका हुन् ।

निधि परिवारका विमलेन्द्र निधिले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेकाले पौडल समूहलाई सो समूहको साथ नरहने भएको छ । तर, कोइराला र सिंह परिवारको भने साथ रहने बिहीबारको पत्रकार सम्मेलनमार्फत स्पष्ट भएको हो ।

बिहीबार कोइराला परिवारका शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला र सिंह परिवारका प्रकाशमान सिंहलाई दायाँ बायाँ राखेर रामचन्द्र पौडेलले पत्रकार सम्मेलन गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);