महानगरभित्र उत्पादन हुने वस्तुको बजार व्यवस्थापनका लागि विभिन्न योजना ल्याउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

महानगरभित्र उत्पादन हुने वस्तुको बजार व्यवस्थापनका लागि विभिन्न योजना ल्याउने

hariprabha khadaka

काठमाडौं,१४ माघ । महानगरपालिकाले महानगरभित्र उत्पादन हुने वस्तुको बजार व्यवस्थापनका लागि विभिन्न योजना ल्याउन लागेको छ ।काठमाण्डौको इन्द्रचोकका व्यापारीहरुले आयोजना गरेको एक कार्यक्रममा महानगरकी उपमेयर हरिप्रभा खड्काले उत्पादित वस्तुहरुलाई नेपाली बजारमा मात्र सिमित नबनाई अन्तराष्ट्रिय बजारमा समेत पुर्याउने गरी योजना ल्याउन लागेको बताएका हुन ।

बजार व्यवस्थापनसँगै वेरोजगार युवाहरुलाई रोजगारीको अवसर सृजना गर्ने योजनासमेत महानगरले बनाउने खड्कीको दाबी छ ।बजार व्यवस्थापन र संकृतिको जगेर्ना गर्ने लक्ष्यसहित शनिवार काठमाण्डौंको व्यापारीक स्थान इन्दचोकमा एक कार्यक्रम गरी व्यापारीहरुले बजार व्यवस्थापनको आवश्यकता औँल्याएका थिए । इन्द्रचोकमा नेपाली उत्पादनसँग सम्बन्धित वस्तुहरुको व्यापार गर्दै आएका व्यापारीहरुले बजार प्रवद्र्धनको आवश्यकता रहेको बताएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);