झापाको चोक र सडकमा सीसी क्यामेरा जडान | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

झापाको चोक र सडकमा सीसी क्यामेरा जडान

झापा, १३ माघ । सुरक्षा व्यवस्था प्रभावकारी बनाउन भन्दै झापाको विभिन्न चोक तथा सडकमा प्रहरीले सीसी क्यामेरा जडान गरेको छ ।

प्रविधिको प्रयोगबाट आपराधिक घट्ना न्यूनिकरण गर्न चारपाने चौकबाट क्यामेरा जडान कार्य सुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले ब ताए । उनका अनुसार प्रहरी, स्थानीय तह र स्थानीय संघसंस्थाको समन्वयमा बिर्तामोडका अन्य चोक तथा सडकमा पनि सीसी क्यामेरा जडान गरिने छ ।

केही महिना अघि बिर्तामोडमा भएको आन्दोलका कारण अधिकांश सीसी क्यामेरा फुटेका थिए । क्यामेरा जडानपछि राजमार्गमा हुने ‘हिट एन्ड रन’ का घटना कम हुने प्रहरीको विश्वास छ । सुरुमा १ देखि ५ नम्बर वडाका सडकमा न्यूनतम ६० वटा सीसी क्यामेरा जडान गर्ने लक्ष्य राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);