झापामा घर धनी र डेरावालको डिजिटल विवरण राख्ने अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

झापामा घर धनी र डेरावालको डिजिटल विवरण राख्ने अभियान सुरु

jhapa digital bibaran

झापा, ३ मंसिर । ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा अपराधका घटना बढिरहेका बेला झापामा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले नयाँ अभियान शुरु गरेको छ । काठमाडौं उपत्यका वाहिर झापामा पहिलो पटक इलाका प्रहरी कार्यालय अनारमनीले घर धनी र डेरावालको डिजिटल विवरण राख्न सुरु गरेको छ ।

झापाको अन्य स्थानमा भन्दा बिर्तामोडमा बढी अपराध हुने ठहर गर्दै यसलाई न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय अनारमनीले नयाँ अभियान थालेको छ । जनघनत्व र व्यापारिक दृष्टिकोणले समेत अत्याधिक चहलपहल हुने विर्तामोडमा आपराधिक घटना नियन्त्रणका लागि प्रहरीले जिल्लामै पहिलो पटक घर धनी र डेरावालको डिजिटल विवरण राख्न शुरु गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले नेपाल सरकार गृहमन्त्रालयसंग समन्वय गर्दै घर भाडामा दिने व्यक्ति र डेरामा बस्ने सबैको विवरण राख्न सुरु गरेको हो ।

अपराध हुनसक्ने स्थानहरुको समेत जानकारी प्रहरीसंग नरहेकाले विवरण संकलनका लागि काठमाडौं उपत्यका वाहिर पहिलो पटक यो अभियान शुरु गरिएको प्रहरी नायव उपरीक्षक थापाको भनाई छ । एक लाख भन्दा बढी जनसंख्या रहेको बिर्तामोड नगरपालिकामा १९ हजार ८ सय ६२ घर धुरी रहेका छन् ।

digital

जनघनत्व बढेसंगै अपराधका घटना पनि बढ्ने सम्भावना उत्तिकै रहेपछि प्रहरीले घरधनी र डेरावालाको विवरण सहित सवारीको समेत विवरण राख्न सक्ने गरीको फारम तयार गरेको छ । प्रहरीले डिजिटल प्रविधिबाट घर धनी र डेरावालाको विवरण राख्न शुरु गरेपछि स्थानीयवासीले यो कामको प्रशंसा गरेका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले प्रहरीले शुरु गरेको अभियान अभियानमा सीमित हुन नहुने भन्दै अभिलेखलाई सुरक्षित गर्न सके आधारस्तम्भ हुने बताउनुभयो ।

प्रहरीले यस अघि अपराध नियन्त्रणका लागि बिर्तामोडका प्रत्येक चोक–चोकमा सीसी क्यामेरा समेत जडान गरेको छ । झण्डै ६० बढी स्थानमा सीसी क्यामेरा जडान गरिएको छ सीसी क्यामराका कारण प्रहरीलाई प्रमाणमुखी अनुसन्धानका लागि सहयोग पुगेको बताइएको छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);