११ बर्षका बालक शृङ्खलावद्ध चोरीका नाइके | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

११ बर्षका बालक शृङ्खलावद्ध चोरीका नाइके

chori

पर्वत,८ चैत । पर्वतका एक जना बालक ठूलादेखि साना चोरीका घटनामा संलग्न देखिएका छन् । पर्वत जिल्लामा विगत केही महिनादेखि विभिन्न स्थानहरुमा भएका चोरीका घटनामा ११ बर्षीया बालककै संलग्नता रहेको पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार ११ बर्षीय जीवन दमै (नाम परिवर्तन) नै विभिन्न मितिमा भएका चोरीमा संलग्न भएको देखिएको छ ।

कुस्माको मेलमिलाप चोकमा जिपमा राखेको नगद चोरी गरेर भाग्दै गरेको अवस्थामा उनी पक्राउ परेपछि यसअघि पर्वत, बागलुङ र म्याग्दीमा भएका धेरै चोरीका घटनामा आफू संलग्न भएको उनले स्वीकार गरेका छन् ।

पर्वतको मोदी गाउँपालिका ४ बस्ने २२ बर्षीय हिरा पुनले सोमबार कुस्मा बजारमा रहेको एक बैंकबाट झिकेर जिपमा राखेको ९० हजार रुपैयाँ नगदसहितको झोला चोरी गरेर भाग्दै गर्दा ती बालक पक्राउ परेका थिए । आजको नेपाल समाचारपत्रको पृष्ठ ९ मा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);