कोभिडको कारण बाणगंगाका ३९ वर्षीय पुरुषको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कोभिडको कारण बाणगंगाका ३९ वर्षीय पुरुषको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नं. ७ का ३९ वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको नगरपालिकाले जनाएको छ ।

नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवल लैजाने क्रममा आज बिहान बाटो मै मृत्यु भएको हो । यससँगै बाणगंगामा कोरोना संक्रमणको दोस्रो लहरमा मृत्यु हुनेको संख्या ८ पुगेको छ भने जिल्लामा मृतकको संख्या ५३ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);