पाल्पामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पाल्पामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

corona virous

पाल्पा, २० कार्तिक । पाल्पामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिनाउ गाउँपालिका वडा नं. ६, डुम्रेका ४४ वर्षीय पुरुषको कोरोनाका कारण बुधबार बेलुकी मृत्यु भएका स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

तानसेनको युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा ती पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

निमोनियाबाट ग्रसित ती बिरामीको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);