पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो

पाल्पा, ८ मंसिर । पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । सोमबार रम्भाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएसंगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० पुगेको हो ।

रम्भा गाउँपालिका –४ का ५३ वर्षीय कोरोना संक्रमित पुरुषको कार्तिक ३० गते नै युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साईन्सेज भैरहवामा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । ‘पुरुषमा कात्तिक २८ गते कोरोना पुष्टि भएको रहेछ । उपचारको क्रममा ३० गते मृत्यु भएको रहेछ । हामीलाई आजमात्रै रिपोर्ट आयो’– सूचना अधिकारी पन्थीले भन्नुभयो ।

स्वास्थ्यमा समस्या आएपछि तानसेनको लुम्बिनी मेडिकल कलेज पुग्नुभएका पुरुषलाई कलेजले भैरहवा रिफर गरेको बताईएको छ । पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

पाल्पामा हालसम्म १ हजार ४ सय ७३ जनामा कोरोना पुष्टि भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);