धनुषामा पुन: एक साता बन्दाबन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

धनुषामा पुन: एक साता बन्दाबन्दी

जनकपुरधाम, ७ भदौ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेपछि धनुषामा पुन: एक साता बन्दाबन्दी थपिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार पुन: धनुषा जिल्ला भरि एकसाता बन्दाबन्दीको समय थपेको हो ।

कोरोना समुदायमा फैलिएपछि गएको साउन ३२ गते राति १३ बजेदेखि जिल्ला भरि बन्दाबन्दी गर्ने जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको थियो । सो समयावधि आइतबार राति १२ बजेदेखि समाप्त हुन लागेपछि आज पुनः ७ दिन बन्दाबन्दी थप गरेको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);